
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड– १९ को जोखिम निरन्तर ढंगले विश्वव्यापी रूपमा बढेको जनाएको छ । डब्लुएचओका एक वरिष्ठ विज्ञले कोभिड– १९ को संक्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका हुन् ।
कोभिड– १९ को पुष्टि गरिएका घटना सार्वजनिक भएभन्दा दुईदेखि १९ गुणा बढी भएको महामारी तथा संक्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य संगठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले बताए । कोभिड सम्बन्धित मृत्युमा ठूलो कमी आएको भए पनि ५० देशबाट अझै पनि प्रतिमहिना करिब १० हजारको मृत्यु हुने गरेको रिपोर्ट छ ।