१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रौतहटका तीनवटा नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:o४:oo

रौतहटका तीनवटा नगरपालिकामा जनप्रतिनिधिले नै ताला लगाएपछि सेवाग्राही मारमा परेका छन् । गरुडा र कटहरिया नगरपालिकामा उपप्रमुखहरू र फतुवा विजयपुर नगरपालिकामा कांग्रेस जनप्रतिनिधिले ताला लगाएका हुन् । कार्यालयमा ताला लागेपछि नगरपालिकाबाट सर्वसाधारण स्थानीय सरकारले दिने सेवासुविधा पाउनबाट वञ्चित भएका छन् ।

गरुडा नगरपालिकाकी उपप्रमुख पुनम चौधरीसहितका वडाध्यक्ष एक सातादेखि धर्नामा बसेका छन् । उपप्रमुख चौधरीले नगर प्रमुख कण्ठमणि जयसवालले भ्रष्टाचारलाई बढावा दिएको र विकास बजेटमा एकलौटी गरेका कारण बाध्य भएर धर्नामा बस्नुपरेको बताइन् । तर, प्रमुख जयसवालले भने उपप्रमुखले भागबन्डा खोजेर जनताको काम गर्न नदिएको आरोप लगाए । 
फतुवा विजयपुर नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले ताला लगाएर काममा अवरोध सिर्जना गरेको स्थानीयले बताएका छन् । नगर प्रमुख गोपाल राय यादव निलम्बनमा परेपछि उपप्रमुख ओमेया खातुनले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । तर, पार्टीकै उपप्रमुखविरुद्ध कांग्रेसका वडाध्यक्ष विरोधमा उत्रिएका छन् ।

कटहरिया नगरपालिका प्रमुख अजय प्रकाशको कार्यशैलीको विरोध गर्दै उपप्रमुख रितादेवी यादवसहितका जनप्रतिनिधि तीन दिनदेखि धर्नामा छन् ।

रौतहटका स्थानीय तहमा नगर प्रमुख र उपप्रमुखबीच विकासमा भन्दा बजेट भागबन्डामा विवाद हुने गरेको छ । यसअघि वृन्दावन नगरपालिकामा मेयर र उपमेयरबीच कुरा नमिल्दा जनताका काम हुन सकेका छैनन् ।

ad
ad