१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:११:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

शीतलहर र चिसोकाे कहर (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:११:oo

पछिल्लो एक सातादेखि चलेको शीतलहर र चिसोले जाडो बढेसँगै जनजीवन कष्टकर बनेको छ । शीतलहर र चिसोसँगै जाडो बढेपछि गरिब तथा विपन्न समुदायका वृद्धवृद्धा, बालबालिका, गर्भवती, सुत्केरीहरू प्रभावित छन् । 

 

चिसो बढेपछि सिराहाको लहान, धनगढीमाई, गोलबजार, कर्जन्हा नगरपालिका तथा लक्ष्मीपुरपतारी गाउँपालिकाले चिसोको कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने उल्लेख गर्दै २ माघसम्मका लागि जाडो बिदा दिएका छन् । चिसोको कारणले हाटबजार, सार्वजनिक स्थलहरूमा चहलपहल घटेको छ । 

चिसो बढेपछि गोलबजार र कर्जन्हा नगरपालिकाले सर्वसाधारणका लागि सार्वजनिक ठाउँहरूमा बिहीबार दाउरा वितरण गरेको छ । दुवै नगरपालिकाले बस स्ट्यान्ड, सर्वसाधारणको बढी जमघट हुने स्थानहरूमा दाउरा वितरण गरी आगो बाल्न थालेको छ । लहान नगरपालिकाअन्तर्गतका २४ वटै वडा क्षेत्रका प्रायः दलित, गरिब, विपन्नहरूको चिसोले दैनिकी कष्टकर बन्न थालेपछि नगरपालिकासँगको समन्वयमा वडा कार्यालयहरूले विपन्न बस्तीमा दाउरा बाँड्ने तयारी गरेका छन्।

जाडो बढेपछि जिल्ला विपत् व्यवस्थापन समितिले जिल्ला विपत् पूर्वतयारी प्रतिकार्य योजनाअन्तर्गत जिल्लामा जाडोबाट प्रभावित गरिब, दलित, असहायको संख्या यकिन गर्ने, स्थानीय तहहरूमा दाउरा तथा न्यानो कम्बलको स्टक जाँचलगायतका निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए । 

उनका अनुसार चिसोमा बढ्न सक्ने स्वास्थ्य समस्याका लागि अत्यावश्यक औषधिको मौज्दात र व्यवस्थापनसहित जिल्ला प्रशासनले पाँच लाख रुपैयाँ मूल्यको फाइवरको सिरक खदिका लागि बजेट विनियोजन र प्रदेशसँग दुई हजार थान न्यानो कम्बल माग गरिएको छ । 

 

ad
ad