१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रिन्स र विष्णु क्वार्टरफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:१o:oo

एपिएफका प्रिन्स दाहाल र पुलिस क्लबका विष्णु कटुवाल प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ क्वार्टरफाइनल प्रवेश गरेका छन् । दाहालले एपिएफकै सुजन थापालाई २१–११ र २१–१० ले हराए । कटुवालले स्पोर्टस् हबका सुनील कार्कीलाई २१–७ र २५–२३ ले पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरेका हुन् ।

पुरुष एकलतर्फ अन्तिम आठमा पुलिस क्लबका सुनील जोशी, आर्मीका कबिर केसी, एपिएफका देवराज राना, एपिएफका अनिल मल्ल, आर्मीका प्रफुल महर्जन र नखीपोटका विवेक चौधरीले स्थान पक्का गरेका छन् । 

प्रतियोगिताको महिला एकलमा नेपाल पुलिसकी निता लम्साल र आर्मीकी अमिता गिरीले क्वार्टरफाइनल स्थान पक्का गरेका छन् । लम्सालले एपिएफकी रिना तामाङलाई २१–१०, २१–१२ हराइन् । गिरीले एपिएफकी निकिता लामाबाट वाकओभर पाइन् । आर्मीकी शेस्ना श्रीपाली, कस्तुरी कलेजकी सीमा राजवंशी, एपिएफकी शोभा गौचन, आर्मीकी रिहाना शेरचन र आर्मीकै अनुमाया राईले अन्तिम आठको स्थान सुरक्षित गरे । 

शीर्ष २० वरीयताबाहेकको पुरुष युगलतर्फको खेलमा युनिटीका अनिश गुरुङ र प्रमिश श्रेष्ठको जोडी, देवीनगरका हेमन्त ऐर र बविश थापाको जोडी, एपिएफका भोजबहादुर गुरुङ र सन्तोष पनेरूको जोडी र नवलपुरका अक्षय क्षेत्री र चितवनका बिद्धवान गुरुङको जोडीले प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरे ।

ad
ad