१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंक र युएसएआइडीको सहकार्यमा डिजिटल वित्तीय साक्षरता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:o७:oo

एनएमबि बैंकले डिजिटल वित्तीय साक्षरता कार्यक्रम गरेको छ । अमेरिकाको एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट "(युएसएआइडी)सँगको सहकार्यमा बैंकले विराटनगरमा साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बताइएको छ ।

उद्यमीलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवा र मार्केटिङ प्रविधिबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो । सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट एक सय १० भन्दा बढी सहभागी सक्रिय रूपमा छलफलमा संलग्न भएको बैंकले जनाएको छ ।

बैंकले देशभरि दुई सय एक शाखा, एक सय ७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
 

ad
ad