१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकबीच बाघचाल, गट्टा र डन्डिबियो प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:३३:oo

धादिङमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकबीच बाघचाल, गट्टा र डन्डिबियो प्रतियोगिता गरिएको छ । युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगद्वारा सांस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले खेलकुदको आयोजना गरिएको हो ।

गट्टा खेल प्रतियोगितातर्फ तारादेवी लम्साल प्रथम, फुलौरी श्रेष्ठ द्वितीय, कमलादेवी लम्साल तृतीय र जुनकिरी श्रेष्ठ सान्त्वना भएकी छिन् । बाघचाल खेलतर्फ राम्जी लम्साल प्रथम, गेरुनाथ लम्साल द्वितीय, कृष्णबहादुर दुवाडी तृतीय र चन्द्रबहादुर भट्टराई सान्त्वना भएका छन् ।

डन्डिबियो खेलतर्फ पाँच–पाँचजनाको दुई टिमबीच पाँच राउन्ड भएको खेलमा दुवलनारायण श्रेष्ठ, भोजराज सुवेदी, टंकप्रसाद खनाल, फत्तबहादुर लम्साल र ढुण्डनारायण श्रेष्ठको समूह प्रथम भएकाे छ । काले दमै, गोपालप्रसाद लम्साल, रुद्रबहादुर लम्साल, पूर्णबहादुर लम्साल र खड्गनारायण श्रेष्ठको समूह द्वितीय भएकाे छ ।

विजयी खेलाडीलाई नगदसहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका अधिकृत कृष्णकुमार श्रेष्ठ जानकारी दिए । 

 

 

ad
ad