१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नवलपुर ९८ रनले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१४:oo

पोखरामा सञ्चालन भइरहेको गण्डकी प्रदेश पिएम कप पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत मंगलबार नवलपुरले पर्वतलाई ९८ रनले पराजित गरेको छ । क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नवलपुर ३७ ओभरमा अलआउट हुँदै एक सय ८८ रनको योगफल बनायो । पर्वत प्रत्युत्तरमा २१ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाएको थियो । नवलपुरका लागि विदुर मगरले ४० बलमा तीन चौकाको सहयोगमा सर्वाधिक २८ रन जोडेका थिए । 

नवलपुरका ओपनर गोविन्द विकले ४२ बलमा तीन चौकासहित २४ रन बनाए । कमल परियारले २१ रन, विशाल पौडेलले १९ रन र शिशिर भुसाल नटआउट रहँदै १६ रन बटुले । पर्वतका लागि रोशन गौतमले अर्धशतक पूरा गर्ने क्रममा ४२ बलमा पाँच चौका र चार छक्कासहित ५२ रन जोडे । सो टोलीका अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । टोलीका पाँच खेलाडी शून्य रनमा आउट भएका थिए ।

परियारले हात पारे आठ विकेट
म्यान आफ दी म्याचसमेत रहेका नवलपुरका कमल परियारले १० ओभरमा तीन मेडन राखी २५ रन खर्चेर आठ विकेट लिन सफल भए । नवलपुरका विशाल पौडेल र स्वीकार श्रेष्ठले समान एक–एक विकेट हात पारे । पर्वतका दीपेन्द्र भण्डारीले सात ओभरमा ४१ रन खर्चेर तीन विकेट हात पारे । अमृत गुरुङ र रितिक थापाले समान दुई विकेट लिए । विकास क्षेत्री, रोशन गौतम र रितिक थापाले समान एक विकेट हात पारेका थिए ।

प्रतियोगिताको उपाधि लागि तनहुँ र स्याङ्जा बुधबार भिड्ने भएका छन् । समूह ‘ए’मा रहेको स्याङ्जा र समूह ‘बी’ रहेको तनहुँले समूह चरणका दुवै खेलमा जित हात पार्दै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेका थिए । प्रतियोगितामा प्रदेशका ६ जिल्लाका ६ टोलीले प्रतिस्पर्धा गरेका थिए । 

ad
ad