मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o पौष २४ मंगलबार १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध हतियारसहित पोखराबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार १८:३२:oo

अवैध हतियारसहित प्रहरीले पोखरा महानगरपालिकाबाट एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ स्थायी घर भई हाल पोखरा– ३ बस्ने ६९ वर्षीय यमवीर गर्बुजा पुन रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

पुनको घरमा अवैध हतियार रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पुनको घरबाट एक थान एकनाले बन्दुक बरामद गरेको विकले जानकारी दिए।

पक्राउ परेका पुनलाई मंगलबार अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा सात दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।