Skip This
जहाज कुर्दाकुर्दै सुत्केरीले गुमाइन् ज्यान 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २४ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o पौष २४ मंगलबार १४:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जहाज कुर्दाकुर्दै सुत्केरीले गुमाइन् ज्यान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष २४ मंगलबार १४:४३:oo

नेपालगन्जको जहाज कुर्दाकुर्दै एक सुत्केरीको ज्यान गएको छ। जहाजको प्रतीक्षा गर्दागर्दै हुम्लाको ताजाकोट गाउँपालिका– ५ की २३ वर्षीया अंशु बुढाको ज्यान गएको छ। 

बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा सोमबार राति १० बजे बुढाको मृत्यु भएको हो।

गत पुस  १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिएपछि परिवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए। 

सुत्केरी भएको ११ दिनपछि बुढाको स्वास्थ्यमा श्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जितबहादुर बुढाले जनाकारी दिए। 

जितबहादुरले भने, ‘सुत्केरी हुँदा बुहारी र नातिनीको अवस्था ठीकै थियो। एक्कासि बुहारीलाई ज्वरो आउने, टाउको दुख्ने समस्या देखियो। उपचारका लागि मदना स्वास्थ्यचौकी लगियो। त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज रेफर गरे।’ 

नेपालगन्जको जहाज नआएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरेको बुढाले बताए। कोल्टी प्राथमिक स्वास्थ्य  केन्द्रका डाक्टर रन्जित शाहका अनुसार उपचारका क्रममा सोमबार राति १० बजे उनको मृत्यु भएकाे हाे।  

डा. शाहले भने, ‘सुत्केरी अवस्थामा सामान्यतया अक्सिजनकाे मात्रा ९५ भन्दा माथि हुनुपर्छ। कोल्टी पुग्दा उनको अक्सिजन ४९ मात्रै थियो।’ 

दुर्गम क्षेत्रमा जोखिम परेका विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाको समयमै हवाई उद्धार गर्न  राष्ट्रपति महिला उत्थान कार्यक्रम भए पनि पहुँच नपुगेपछि अकालमै बुढाले ज्यान गुमाइन्।