१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माथिल्लो मोदी ‘ए’मा एनएमबि र एचआइडिसिएलले लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:२o:oo

 ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’मा एनएमबि बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले संयुक्त रूपमा ऋण लगानी गर्ने भएका छन् । आयोजनामा एनएमबि बैंकले चार अर्ब ४० करोड र एचआइडिसिएलले तीन अर्ब सात अर्ब ४० करोड ऋण लगानी गर्ने भएका हुन् ।

यस सम्बन्धमा सोमबार प्रवद्र्धक कम्पनी मोदी जलविद्युत् कम्पनी लिमिटेड र एनएमबि बैंक तथा एचआइडिसिएलबीच जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतको उपस्थितिमा हस्ताक्षर गरिएको छ । कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सूर्यप्रसाद पौडेल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे र एचआइडिसिएलका उपमहाप्रबन्धक अरुण रजोरियाले हस्ताक्षर गरेका हुन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित मोदी खोलामा बन्ने यो आयोजनाको कुल लागत १० अर्ब ५७ करोड ३४ लाख रुपैयाँ छ । त्यसको ७० प्रतिशत ऋण लगानी सम्झौता गरिएको हो । बाँकी ३० प्रतिशत भने कम्पनीले स्वःपुँजीका रूपमा लगानी गर्नेछ, जसमा आयोजना प्रभावित बासिन्दा र सर्वसाधारणको समेत सेयर हुनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षसमेत रहेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको निर्माण अघि बढ्ने बताए । ‘टेन्डर प्रक्रिया अघि बढाइसकेका छाैँ, हाल यसमा मूल्यांकनको काम भइरहेको छ,’ उनले भने, ‘अब छिट्टै आयोजना निर्माणको काम सुरु हुन्छ । साथै, समयमै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित काम गर्छाैँ ।’ 

ad
ad