१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २३ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o पौष २३ सोमबार १५:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

काठमाडाैं जेसिसको ५४औँ पदस्थापना तथा पुरस्कार वितरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o पौष २३ सोमबार १५:२४:oo

काठमाडाैं जेसिसको ५४औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएकाे छ। आइतबार काठमाडाैंको चन्डोलस्थित कुन्डलिनी बेंक्वेट आयोजित कार्यक्रममा करिब पाँच सय युवाको सहभागिता थियो। 

१६ मंसिरमा सम्पन्न साधारणसभाबाट निर्वाचित अध्यक्ष एन्जिला खड्का टिमको पदस्थापना गरिएकाे थियाे। पदस्थापना र पुरस्कार वितरण समारोहका प्रमुख अथिति सभामुख देवराज घिमेरे र विशिष्ट अथिति परराष्ट्रमन्त्री एनपी साउद थिए। 

जेसिसको ५४ वर्षकाे इतिहासमा दोस्राे युवा महिला नेतृको रूपमा एन्जिलाकाे टिम निर्वाचित भएका हुन्। कार्यक्रममा मन्त्री साउदले आफ्नो स्थापना कालदेखि नै जेसिसले युवाकाे व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण याेगदान दिएकाे बताए। 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खड्काले युवा पलायनको डरलाग्दाे स्थितिलाई राेक्न स्वदेशमै उद्यमशीलता र युवामैत्री वातावरणमा जोड दिइन्। 

साे कार्यक्रममा लामो समयदेखि अनाथ र मानसिक अवस्था कमजोर भएका व्यक्तिको उद्धारमा सक्रिय नेपाल स्नेही काख फाउन्डेसन र समाजसेवामा लागेका युवालाई सम्मान गरिएकाे थियाे। 
 

ad
ad
ad
ad