१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बंगलादेशकाे रोहिङ्ग्या शिविरमा भीषण आगलागी, आठ सय घर जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:o८:oo

बंगलादेशको शिविरमा भएको आगलागीका कारण करिब आठ सय घर जलेर नष्ट भएपछि बंगलादेशमा रहेका करिब चार हजार रोहिङ्ग्या शरणार्थी आश्रयविहीन भएका छन्।

बंगलादेशमा करिब १० लाख रोहिङ्ग्या बसोवास गर्छन्, जसमध्ये धेरै सन् २०१७ मा छिमेकी देश म्यानमारमा मुस्लिम बहुल अल्पसंख्यकमाथि सेनाले गरेको कारबाहीबाट भागेका थिए।

शरणार्थी आयुक्त मिजानुर रहमानका अनुसार आइतबार बिहान देशको दक्षिणपूर्वमा रहेको एक शिविरमा बाँस र त्रिपालले भरिएको कम्प्लेक्समा आगलागी भएको हो। उनका अनुसार कम्तीमा सात सय ११ आश्रयस्थल पूर्ण रूपमा जलेका छन् भने ६३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

आगलागीबाट कुनै मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आइसकेको उनले बताए। उनले यो आगजनी रहेको अनुसन्धान गर्न आदेश दिएको बताए। गत वर्ष शिविरमा आगलागी हुँदा ६० भन्दा बढी शरणार्थीको मृत्यु भएको थियो। 

ad
ad