१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २१ शुक्रबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि बेनीलाई

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:५५:oo

म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बेनी नगरपालिकाले जितेको छ। शनिबार सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, १२ रजत र ४ कास्य पदकसहित बेनी नगरपालिकाले उपाधि हात पारेको हो।

प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ५ कास्यसहित रघुगंगा गाउँपालिका द्वितीय तथा ४ स्वर्ण, ४ रजत र एक कास्यसहित अन्नपूर्ण गाउँपालिका तृतीय हुन सफल भएका छन्। प्रतियोगिताको विजेता बेनी नगरपालिकालाई नगद रु. २० हजारको साथमा रनिङ सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ।

त्यसैगरी, द्वितीय भएको रघुगंगा र तृतीय भएको अन्नपूर्णलाई क्रमशः नगद रु. १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए। उनका अनुसार, भलिबल, कबड्डी, एथलेटिक्समा विधागत रूपमा विजेता र उपविजेता बन्न सफल भएका स्थानीय तहका विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको छ।

प्रतियोगितामा भलिबलमा छात्रतर्फ बेनी नगरपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका द्वितीय, छात्रा भलिबलमा अन्नपूर्ण गाउँपालिका प्रथम र बेनी नगरपालिका द्वितीय हुन सफल भए। त्यसैगरी, कबड्डीको छात्रतर्फ बेनी नगरपालिका प्रथम र मालिका गाउँपालिका द्वितीय तथा छात्रातर्फ मालिका गाउँपालिका प्रथम र मंगला गाउँपालिका द्वितीय भए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका मेयर सुरत केसी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पुरस्कार वितरण गरेका थिए।

ad
ad