Skip This
अबको अधिवेशनबाटै राजधानीको विषय टुंगो लाग्छ : मुख्यमन्त्री शाह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २० शुक्रबार
  • Monday, 08 July, 2024
नवराज पनेरू डडेल्धुरा
२o८o पौष २० शुक्रबार १६:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

अबको अधिवेशनबाटै राजधानीको विषय टुंगो लाग्छ : मुख्यमन्त्री शाह

Read Time : > 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o८o पौष २० शुक्रबार १६:४१:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब सुरु हुने प्रदेश सभाको अधिवेशनमा राजधानीको विषय टुंगो लाग्ने बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्।

‘यो आउने सदनमा अहिले तोकिएकै क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिया पूरा गर्नुपर्छ भन्नेमा हामी लाग्छौँ,’ उनले भने, ‘त्यो सम्भव भएन भने अन्य विकल्पबारे छलफल सुरु गर्छाैँ।’

मुख्यमन्त्री शाहले सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त जुनसुकै क्षेत्रका विषयमा पनि छलफल गर्न सकिने बताए। ‘प्रधानमन्त्रीज्यूसँग पनि हामीले अहिले तोकिएको क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छौँ,’ उनले थपे, ‘यदि त्यहाँ सम्भव हुँदैन भने अन्य विकल्पबारे छलफल गर्छाैँ भनेर हामीले भनिसकेका छौँ।’

०७५ साल असोजमा तत्कालीन प्रदेश नम्बर ७ को प्रदेश सभा बैठकले नाम सुदूरपश्चिम र राजधानी कैलाली जिल्लाको गोदावरीस्थित वन क्षेत्रलाई घोषणा गरेको थियो । तर, अहिलेसम्म संरचना निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रियासमेत पूरा भएको छैन।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले अब सुरु हुने प्रदेश सभाको अधिवेशनमा बिजनेसको कमी नहुने पनि दाबी गरे। ‘पछिल्लो एक वर्षमा सञ्चालन भएका प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यले समसामयिक विषयमा आवाज उठाउने काम गर्नुभयो,’ उनले भने, ‘अब सुरु हुने प्रदेश सभाको अधिवेशनमा बिजनेसको कमी हुँदैन । नयाँ ऐन, कानुन पनि जारी हुन्छन्।’

मुख्यमन्त्री शाह विकासे योजनाको अनुगमन तथा निरीक्षण गर्न जिल्ला भ्रमणका क्रममा डडेल्धुरा पुगेका हुन्। सोही क्रममा उनले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायसँग भेटघाट तथा छलफल पनि गरेका छन्।

प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था र प्रगति बुझ्न दार्चुला, बैतडी र डडेल्धुरा जिल्ला पुगिसकेका मुख्यमन्त्री शाहको अन्य पहाडी जिल्लाको भ्रमण सकेर अन्तिममा कैलाली र कञ्चनपुरको भ्रमण गर्ने कार्यक्रम छ।

ad
ad
ad
ad