सानिमा बैंकले अंग्रेजी नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ।
योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकले जारी शुल्कमा २४ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।
यो योजना २२ पुसदेखि ११ माघसम्म लागू हुने बैंकले जनाएको छ। बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्दै नगदरहित कारोबारका लागि प्रोत्साहन गर्दै आएको बैंकको दाबी छ।