जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा झन्डै २८ करोड रुपैयाँ संकलन भएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार १७ कात्तिकमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितहरूकाे सहयोगका लागि हालसम्म एक सय १७ संघसंस्था र व्यक्तिबाट २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ रुपैयाँ जम्मा भएको छ।