१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १८ बुधबार
  • Saturday, 28 September, 2024
२o८o पौष १८ बुधबार o८:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुग्ध विकास आयोजनामा मन्त्री भुसालको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १८ बुधबार o८:२७:oo

कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनामा छड्के अनुगमन गरेका छन् । मंगलबार मन्त्री भुसाल, मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलसहितले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा आयोजनाका दुई सय ५१ कर्मचारीमध्ये ८३ जना अनुपस्थित रहेको पाइएको छ । 

पछिल्लो समय किसानले दूधको भुक्तानी नपाएको गुनासोलगायतका समस्यालाई लक्षित गरेर मन्त्री भुसालले छड्के हानेका हुन् । अनुगमनका क्रममा आयोजनाले किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको पाइएको छ । 

केही अगाडि खाद्य प्रविधि तथा गुणस्तर विभाग र जिल्ला प्रशासन कार्यालयले गरेको संयुक्त बजार अनुगमनमा भेटिएका अखाद्य वस्तु नष्ट गर्न दिएको निर्देशन पनि पालना नगरिएको पाइएको छ ।

आयोजना भद्रगोल अवस्थामा सञ्चालन रहेको देखेपछि मन्त्री भुसालले प्रमुख गणेशकुमार यादवलाई तत्काल सुधार गर्न निर्देशन दिए । निरन्तर घाटामा गइरहेको दुग्ध विकास संस्थानमाथि मन्त्रालयमा उजुरीका चाङ छन् । पटक–पटक संस्थान सुधारका मौखिक र लिखित निर्देशन दिँदै आए पनि महाप्रबन्धक सञ्जिव झाले अटेरी गर्दै आएको भेटिएको छ । 

किसानले भुक्तानी नपाउँदासम्म कर्मचारीले प्राप्त गर्दै आएको अतिरिक्त सेवालाई कटौती गर्न मन्त्री भुसालले दिएको निर्देशन कार्यान्वयन नभएको पाइएको छ ।