मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १५ आइतबार
  • Wednesday, 18 December, 2024
२o८o पौष १५ आइतबार १२:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खेलाडीको उपचारमा दर्शकको सहयोग : अस्पतालमै पुगेर डेढ लाखभन्दा बढी रकम हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १५ आइतबार १२:५५:oo

फोर्टिन स्टार युवा क्लबले फुटवल खेलाडी महेन्द्र खत्रीलाई आर्थिक सहयोग गरेको छ। खत्री चिदिचौरमा सञ्चालन भएको चौथो फोर्टिन स्टार कप फुटबल खेल्ने क्रममा पुस ८ गते लडेर गम्भीर घाइते भएका थिए।

उनी मालिका गाउँपालिका– ८ स्थित मालिका माविको फुटबल खेलका राइट डिफेन्डर हुन्। उनको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। चिउँडो र टाउकोको अप्रेसन गर्नुपर्ने भएपछि क्लबले खेल अवधिभर खत्रीका लागि सहयोग संकलन गरेको थियो।

सोही क्रममा संकलन भएको एक लाख ७१ हजार चार सय ११ रुपैयाँ प्रदान गरिएको हो। क्लबका उपाध्यक्ष सुरज पोख्रेलले अस्पतालमै पुगेर घाइते खत्री, शिक्षक र आफन्तको रोहवरमा रकम हस्तान्तरण गरेका हुन्। 

शनिबार पोख्रेलले खेलाडीको स्वास्थ्य अवस्था बुझेर सहयोग रकम हस्तान्तरण गरेर फर्किएको बताए। खेल्दै गरेको खेलाडी नै लडेपछि दर्शकसमेत स्तब्ध बनेका थिए । जसका कारण सहकर्मी खेलाडी, दर्शक तथा खेलप्रेमीहरूले खत्रीको उपचार गर्न सहयोग संकलन गरे ।

८ पुसबाट खेल मैदानमा सञ्चालन भएको सहयोग संकलन अभियानमा सीता बरालले संंयोजन गरेर लक्ष्मी पन्थी र कमला थापाले ५२ हजार एक सय ५१ र क्लबमा संकलन भएको रकम गरेर एक लाख ७१ हजार चार सय ११ रुपैयाँ खेलाडीलाई सहयोग गरिएको क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए।

आयोजकको तर्फबाट खेलाडी र कोचको मृत्यु बिमा र घाइतेको हकमा प्राथमिक उपचारको व्यवस्था गरेको भए पनि महेन्द्र खत्रीका लागि शुभेच्छुक, खेलाडी र विद्यार्थीमार्फत सानो–सानो रकम संकलन गरेर सहयोग गरिएको आचार्यले बताए।

अहिले महेन्द्रको चिउँडोको हड्डी चर्किएकाले अप्रेसन गरिएको र स्वास्थ्यमा सुधार आएको अस्पतालमा रहेका मालिका माविका शिक्षक खेमराज अर्यालले जानकारी दिए। सामान्य परिवारका खत्री अहिले कक्षा १० मा अध्ययनरत छन्। पढाइ र खेलमा अब्बल विद्यार्थी लडेर घाइते भएपछि परिवारसहित विद्यालय पनि ठूलो पीडामा रहेको शिक्षक अर्यालले बताए। 

अर्यालका अनुसार महेन्द्र दुई भाइमध्ये कान्छो हुन्। उनका ठूलो दाजु पनि शारीरिक रूपमा कमजोर छन्। आमा ३९ वर्षीया राधिका केसीसमेत लामो समयदेखि मिर्गौला रोगले पीडित छिन्।