१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अमेरिकाको फ्रिडम केयरद्वारा वृद्धवृद्धालाई सहयोग प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:१५:oo

अमेरिकाको फ्रिडम सिनियर सर्भिसेस फाउन्डेसन तथा फ्रिडम होम एन्ड डे केयरले नेपालमा वृद्धवृद्धालाई मेडिकल बेड, औषधिसहित लत्ताकपडा र खानेकुरा प्रदान गरेको छ।

काठमाडौंको शान्तिनगरस्थित निःसहाय सेवा सदनमा रहेका ४० जना वृद्धवृद्धालाई फ्रिडमले विभिन्न सामग्री सहयोग गरेको हो।

अमेरिकाको केन्टुकी राज्यमा कार्यालय रहेको फ्रिडमका निर्देशक टीका अधिकारी र श्रीमती गंगा सुवेदीका तर्फबाट पठाइएको विभिन्न सामग्री निःसहाय सेवा सदनका अध्यक्ष करुणागोविन्द श्रेष्ठले बुझेका छन्। वृद्धवृद्धाको आवश्यकताका आधारमा फ्रिडमका तर्फबाट स्वास्थ्य सामग्री, औषधि, लत्ताकपडा र खानेकुरा सामग्रीहरू खरिद गरेर हस्तान्तरण गरिएको हो।

एउटा आधुनिक मेडिकल बेड, वृद्धवृद्धाहरूका लागि चिकित्सकले सिफारिस गरेका करिब ६० प्रकारका औषधि, जाडोको कपडा तथा खाद्यान्न वितरण भएको हो। फाउन्डेसनले फ्रिडमका निर्देशक अधिकारीलाई  चिठी लेखेर सहयोगका लागि धन्यवाद दिएको छ।

२०४८ मा स्थापना भएको सेवा सदनले ज्येष्ठ नागरिकका लागि आवास गृह, धार्मिक र आध्यात्मिक कार्यका लागि लक्ष्मीनारायण मन्दिर तथा असहाय बालबालिकाका लागि छात्रवृत्ति कोष सञ्चालन गर्दै आएको छ।

ad
ad