Skip This
बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १४ शनिबार
  • Monday, 08 July, 2024
रासस काठमाडौं
२o८o पौष १४ शनिबार १४:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १४ शनिबार १४:११:oo

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य विकल्पहरूको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी सो क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारीसाधन लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताए। 

प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरूलाई निलम्बन गरिएको हो। ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारीसाधनमा आगजनी भएको थियो।

कोरियाली भाषा परीक्षाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए। प्रदर्शनले हिंसात्मक रूप लिएपछि जनधनको क्षति भएको थियो।

ad
ad
ad
ad