१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २१ शुक्रबार १७:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नोयडालाई चार रनले हराउँदै पुलिस फाइनलमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२४:oo

प्रो क्लब च्याम्पियनिसप टी–२० क्रिकेट प्रतियोगिताको  दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले वन्डर क्लब नोयडालाई चार रनले पराजित गरेको छ।

दोस्रो सेमिफाइनलमा खेलमा नेपाल पुलिस क्लबले वन्डर क्लब नोयडालाई चार रनले पराजित गरेको छ। 

नारायणी रंगशालामा भएको खेलमा नोयडाले २० ओभरमा नाै विकेटको क्षतिमा एक सय आठ रन बनाएपछि पुलिसले आठ रनले जितेको हो। नोयडाका खेलाडी वंश बेदीले ४० बलमा ४३ रन बनाए भने अल्पित गुप्ताले १५ बलमा २० रन बनाए। 

यस्तै, सिद्धार्थ गोस्वामीले २० बलमा १३ रन र उजैर मल्लिकले १९ बलमा १२ रन बनाए। खेलमा पुलिसका बलर सागर ढकालले चार ओभरमा १७ रन दिएर तीन विकेट लिए भने रसिद खानले चार ओभरमा २४ रन दिएर दुई विकेट लिए। यस्तै, ललित राजवंशीले चार ओभरमा २० रन खर्चिएर एक विकेट र शेर मल्लले चार ओभरमा २१ रन दिएर एक विकेट पाए। 

यसअघि नेपाल पुलिस क्लबले वन्डर क्लब नोयडालाई एक सय १३ रनको लक्ष्य दिएको थियो। पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा सात विकेटको क्षतिमा एक सय १२ रन बनाएको हो।

खेलमा पुलिसका अर्जुन साउदले ३५ बलमा ४२ रन बनाए। अर्को खेलाडी सुनील धमलाले ४५ बलमा ३४ रन बनाए। यस्तै, दिलीप नाथले १३ बलमा १० रनको योगदान गरे। 

नोयडाका बलर अल्पित गुप्ताले चार ओभरमा २१ रन दिएर दुई विकेट पाए भने सञ्जीव चतुर्वेदीले दुई ओभरमा १० रन दिएर एक विकेट लिए। 

अर्को बलर रितिक भट्टले तीन ओभरमा १७ रन दिएर एक विकेट पाए। यस्तै, दियांश रावतले तीन ओभरमा १३ रन दिएर एक विकेट लिए। 

आज नै भएको पहिलो सेमिफाइनलमा पर्सा ११ ले आर्मीलाई २० रनले हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ। अब शनिबार दिउँसो १ बजे हुने फाइनलमा पर्सा ११ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।
 

ad
ad