१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस नयाँदिल्ली
२o८१ बैशाख २४ सोमबार १५:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव जारी

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:o७:oo

नयाँदिल्लीस्थित इजरायली दूतावासनजिकै मंगलबार बम विस्फोट भएपछि इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेष गरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ।

दिल्ली प्रहरीलाई मंगलबार आएको फोनमा मंगलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो।

विस्फोटपछि दूतावासनजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ ।

भारतका लागि इजरायली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मंगलबार बताएका थिए।

इजरायली राष्ट्रिय सुरक्षा परिषद्ले बम विस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोवास गर्ने इजरायलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, ‘भिड हुने स्थान (मल, बजार) तथा पश्चिमी–यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला ।’

परिषद्ले इजराइलीहरूलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटेल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ ।

ad
ad