१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ११ बुधबार
  • Wednesday, 03 July, 2024
२o८o पौष ११ बुधबार o६:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

एक अर्ब लागतमा बसपार्क बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ११ बुधबार o६:२२:oo

धनगढी उपमहानगरपालिकामा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । उपमहानगरपालिका र नगर विकास कोषको संयुक्त लगानीमा अत्याधुनिक बसपार्क निर्माण गर्न लागिएको नगर प्रमुख गोपाल हमालले बताएका छन् । नयाँ बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सार्वजनिक गरिएको छ ।

धनगढी–३, स्थित बसपार्क निर्माणस्थलको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको उनले जानकारी दिए । यसै महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकनको काम सकेर स्वीकृतिका लागि प्रदेश सरकारसमक्ष पेस गरिने उपमहानगरपालिकाले जनाएको छ । नगर प्रमुख हमालका अनुसार बसपार्क निर्माणमा करिब ९९ करोड ३५ लाख रुपैयाँ लाग्ने स्टिमेट छ ।

बसपार्कमा दुईतले टर्मिनल भवनका साथै लामो, मध्यम र छोटो दूरीमा चल्ने सवारीसाधन पार्किङको छुट्टाछुट्टै क्षेत्र बनाइनेछ । धनगढीको पहिचान बन्ने गरी बसपार्कको डिजाइन तयार गरिएको नगर प्रमुख हमालले बताए । दुई वर्षमा बसपार्क निर्माणको काम पूरा हुने मेयर हमालले बताए । नगर विकास कोषले बसपार्क निर्माणको कुल लगानीको ८० प्रतिशत रकम ८ प्रतिशत ब्याजमा ऋण लगानी गर्ने बताइएको छ । नयाँ बसपार्कबाट वार्षिक १३ करोड ६६ लाख रुपैयाँ आम्दानी हुने उपमहानगरले अनुमान गरेको छ । 

ad
ad
ad
ad