१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

छिमेकी राष्ट्रको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्छ : मन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:४o:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरूको प्रगतिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएकी छिन्।

बेल्ट एन्ड रोड इनिसियटिभको १०औँ वार्षिकोत्सव तथा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८औँ वार्षिकोत्सवको अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयनमा साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया ग्रुपले आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले त्यस्तो बनाएकी हुन्। 

छिमेकीहरूले गरिरहेको आर्थिक प्रगतिबाट नेपाल खुसी रहेको औँल्याउँदै उनले छिमेकीको विकासबाट नेपालले लाभ लिइरहेको र यसलाई गुणात्मक रूपमा बढाउनुपर्ने बताइन्। 

‘चिनियाँ सहयोगमा नेपालमा महत्वपूर्ण आयोजनाहरू अघि बढ्ने हाम्रो अपेक्षा रहेको छ । नेपाल–चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाडाैं–लुम्बिनी रेलमार्गजस्ता आयोजनाहरू अघि बढ्न सकेको खण्डमा यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिनेछ,’ मन्त्री शर्माले भनिन्, ‘छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गर्ने विभिन्न परियोजनामा नेपाल राष्ट्रहित अनुकूल हुने गरी सामेल हुँदै आएको छ।’

नेपाल र चीनबीच खासगरी नुन, ऊन र सुनको व्यापार विनिमयबाट दुई देशको सभ्यता र सम्बन्धको सुरुवात भएको उल्लेख गर्दै उनले आजका दिनमा दुवै देशबीचको व्यापारदर बढाउनुपर्ने र नेपालले वर्षौँदेखि व्यहोर्दै आएको व्यापारघाटा कम गर्न चीनसँगको व्यापार सहयोगी बन्ने नेपालको अपेक्षा रहेको पनि स्पष्ट पारिन्। 

सम्मेलनले नेपाल र चीनको आपसी सम्बन्धलाई थप बलियो बनाउन तथा दुवै देशका मिडिया र पत्रकारबीचको सम्बन्ध थप सुमधुर बनाउँदै मन्त्री शर्माले आपासी अनुभव र सहयोग आदान–प्रदानका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्दै पत्रकारिताका विश्वव्यापी प्रवृत्तिको समीक्षा र विश्लेषण गरी त्यसबाट सिकेर आफ्नो देशको सापेक्षतामा अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। 
 

ad
ad