१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

जापानको अन्तरिक्षयान चन्द्रमाको कक्षमा प्रवेश गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१४:oo

 जापानको अन्तरिक्षयान स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन ( एसएलआइएम) चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । यो आगामी महिना मुलुकको पहिलो सफल चन्द्र अवतरणको दिशामा ठूलो फड्को हो । चन्द्र सतहमा एक सय मिटरभित्र अवतरणका लागि डिजाइन गरिएको हुनाले एसएलआइएमलाई ‘मुन स्निपर’ नाम दिइएको छ । 

चन्द्र मिसन सफल भएमा अमेरिका, रुस, चीन र भारतपछि जापान चन्द्रमामा सफलतापूर्वक अवतरण गराउने पाँचौँ मुलुक बन्नेछ । ‘सोमबार एसएलआइएम जापानी समयानुसार साँझ ४: ५१ मा चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ,’ जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) ले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनेको छ । जेएएक्सएका अनुसार जापानी समयानुसार जनवरी २० मा यान चन्द्रमाको सतहमा अवतरण गर्ने कार्यक्रम छ ।

खराब मौसमका कारण तीनपटकको स्थगनपछि एच–आइआइए रकेटले सेप्टेम्बरमा दक्षिणी द्वीप तनेगासिमाबाट यानलाई लिएर उडान भरेको थियो । जेएएक्सएले यसै महिना यो मिसन चन्द्रमामा ‘अभूतपूर्व उच्च परिशुद्धता अवतरण’ हुने बताएको थियो । यान एउटा गोलाकार प्रोबले सुसज्जित छ । यसलाई एउटा खेलौना कम्पनीमार्फत विकसित गरिएको थियो । यानले चन्द्रमाको सतहमा आफ्नो अकार परिवर्तन गर्न सक्छ । 

नयाँ प्रविधिको विकाससँगै चन्द्रमाको सतहमा क्रेटर र चट्टानको अध्ययनमा रुचि बढ्दो छ । ‘प्रविधिको विकाससँगै चन्द्रमाको सतहमा क्रेटर र चट्टानजस्ता लक्ष्य पत्ता लगाउन माग बढ्दै गएको छ,’ जेएएक्सएका एसएलआइएम परियोजना प्रबन्धक सिनिचिरो सकाईले भने । सकाईका अनुसार एसएलआइएमको सटिकताले चन्द्र पर्माफ्रस्ट (माइनस ३२ डिग्री सेल्सियस तापक्रमले पूर्ण रूपमा जमेको जमिन) को नमुना लिन सहज बनाउनेछ । यसले वैज्ञानिकलाई चन्द्रमामा जलस्रोतको रहस्य पत्ता लगाउन एक कदम नजिक ल्याउनेछ । जापानी चन्द्रमा अभियान दुईपटक असफल भइसकेको छ । गत वर्ष जापान अमेरिकाको आर्टेमिस–१ अभियानको भागका रूपमा ओमोटेनासी नामक चन्द्रमा जाँच गर्न असफल भएको थियो । 

ad
ad