१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ९ सोमबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ९ सोमबार १८:o५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

जस्मिन पेन्ट्स : ३० वर्षअघि तीन दाजुभाइले सुरु गरेको उद्योग ‘नम्बर वान’ स्वदेशी पेन्ट्स बन्न सफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ९ सोमबार १८:o५:oo

करिब ३० वर्षअघि नेपालमा भर्खर आधुनिक घरहरू निर्माण सुरु हुने प्रक्रिया बढ्दै थियो। सोही क्रममा रंगरोगनको माग पनि बिस्तारै बढ्दै थियो।

चितवन भरतपुरका तीन दाजुभाइ गुणनिधि अर्याल, लक्ष्मण अर्याल र मधुसुदन अर्यालले अवसरको खोजी गरिरहेका थिए। सुरूमा उनीहरूले कपडा धुने सरफ, नेल पोलिसलगायत उत्पादन गरे पनि चित्तबुझ्दो व्यापार भएन। 

५० को दशकको सुरुमै बढ्दो आधुनिक घरनिर्माणको अवसर देखेर दाजुभाइहरूबीच रङको उद्योग सुरु गर्ने सल्लाह भयो। भरतपुरमै उद्योग स्थापना भयो। अप्रेसन, मार्केटिङ र सप्लाईको काम दाजुभाइमा बाँडियो। समयको आवश्यकता, अर्याल दाजुभाइको टिमवर्क र मेहनतले पेन्ट्स उद्योगमा उनीहरू सफल हुँदै गए। जसकारण ३० वर्षदेखि अनवरत यात्रामा छ, जस्मिन पेन्ट्स।

उद्योगको नेतृत्व गरिरहेका छन् लक्ष्मणले। सामान्य पारिवारिक पृष्ठभूमि र सामान्य लगानीबाट सुरु भएको जस्मिन पेन्ट्स अहिले स्वदेशी पेन्ट्स उद्योगको क्षेत्रमा उत्कृष्ट बन्न सफल भएको छ।

अर्यालका अनुसार मुलुकभरका करिब ६० जिल्लाका एक हजार डिलरले जस्मिन पेन्ट्सको व्यापार प्रवर्द्धनमा सहयोग गरिरहेका छन्। अहिले उद्योगमा मात्रै २ सयभन्दा बढीले रोजगारी पाएका छन्।

उद्योगले हालै ताइवानको इन्नोभेसन टेक्नोलोजी पेन्ट्स कम्पनी लिमिटेडसँग टेक्नोलोजी कोल्याबोरेसन पार्टनरसिपसमेत गरेको छ। भविष्यमा नवीन प्रविधि र उपभोक्ताको मागअनुसारको अझ उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउने उद्योगको योजना छ।

अवार्ड र सर्टिफिकेसन
वि.सं २०५१ बाट पेन्ट्स उत्पादन सुरु गरेको जस्मिनले विभिन्न माइलस्टोनहरू पार गर्दै नेपालकै नम्बर एक पेन्ट्स बन्न पुगेको कम्पनीका निर्देशक मधुसुदन अर्याल बताउँछन्। उनका अनुसार उद्योगमा अहिले एक अर्बभन्दा बढी लगानी पुगिसकेको छ। 

यसबीचमा कम्पनीका उत्पादनले आइएसओ गुणस्तर चिह्न ९००१/२००० सर्टिफिकेसन पाइसकेको छ। यस्तै, जस्मिन पेन्ट्सले सन् २०१८ मा ‘इन्टरनेसनल बिआइडी क्वालिटी अचिभमेन्ट गोल्ड अवार्ड–लन्डन’ र ‘नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड–२०१८’ पाइसकेको छ। साथै, भरतपुर महानगरपालिकाले त्यस क्षेत्रकै उत्कृष्ट उद्योग तथा उत्कृष्ट करदाताको रूपमा सम्मानित गरेको छ।

दैनिक २० टन उत्पादन क्षमता
सुरुवाती समयमा दैनिक एक टन मात्रै उत्पादन गरेको यस उद्योगले हाल दैनिक २० टनसम्म उत्पादन गर्दछ। जस्मिन पेन्ट्सका हालका अत्याधिक रुचाइएका उत्पादनमा बाहिरी भित्ताका लागि ‘कुल पेन्ट्स’, ‘रोयल ग्लेज’, ‘वेदर केयर’ रहेका छन् भने भित्री भित्ताका लागि होम, ट्रिम, म्याजोलिका इमल्सन रहेका छन्।

यस्तै, अन्य रङ्गरोगनका लागि आवश्यक इनामेल, डिस्टेमर, प्राइमर, ड्याम कन्ट्रोल पनि उद्योगमा उत्पादन तथा बिक्री हुँदै आएको छ। साथै, आगामी दिनमा थप नयाँ उत्पादन ल्याउने गरी काम भइरहेको कम्पनीका नेसनल सेल्स म्यानेजर डिल्लीराम पौडेलले बताए।

उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत खासगरी बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्दै आइरहेको जनाएको छ। साथै, मिसीका फाउन्डेसनमार्फत विभिन्न स्कुलहरूमा पनि सहयोग गर्दै आएको छ। २०७२ को भूकम्पपछि ‘पर्यटकको लागि नेपाल सुरक्षित छ’ भन्ने सन्देश दिँदै जस्मिन पेन्ट्सको झन्डा सगरमाथामा फहराइएको थियो। साथै, विश्वकै ठूलो ढाका टोपी निर्माण गरी सोको विभिन्न मेला र पर्वहरूमा प्रदर्शन गर्दै आएको अर्याल बताउँछन्।