Skip This
ad
अपांगता भएकालाई घरमै पुगेर नागरिकता वितरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अपांगता भएकालाई घरमै पुगेर नागरिकता वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:२९:oo

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शारीरिक एवं मानसिक अपांगता भएका बागमती गाउँपालिकाका एकजनालाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेकाे छ।

प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद पौडेल नेतृत्वको टोलीले शनिबार गाउँपालिकाको वडा नम्बर ४ का १७ वर्षीय नीरबहादुर जिम्बालाई घरमै पुगेर नागरिकता प्रदान गरेको हो।

जिम्बालाई नगरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अधिकृत पौडेलसँगै  शाखाका नायब सुब्बा अश्विन अर्याल र प्रशासन शाखाका मदनकुमार श्रेष्ठको टोली जिम्बाको घर पुगेको थियो।

नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सक्ने अवस्था नभएको जानकारीपछि आफूहरू जिम्बाको घरमै पुगेर प्रमाणीकरणसहित जिम्बालाई नागरिकता प्रदान गरेको अधिकृत पौडेलले जानकारी दिए।

करिब तीन महिनाअघि थाहा नगरपालिकाबाट नागरिकता लिन आएका एकजना अपांगता भएका व्यक्तिले सास्ती खेप्नुपरेको देखेपछि प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंको आग्रहमा आफूहरूले असक्त र अपांगता भएकाहरूलाई घरमै पुगेर नागरिकता दिने व्यवस्था मिलाएको अधिकृत पौडेलले जानकारी दिए।

यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट मकवानपुरगढी गाउँपालिका– ५ का अर्का एक अपांगता भएका व्यक्तिलाई पनि घरमै पुगेर नागरिकता वितरण गरेको उनको भनाइ छ। यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका इपा र थाहाको पालुङबाट गरी अपांगता भएका चारजनाले नागरिकता प्राप्तिका लागि निवेदन दिएको अधिकृत पौडेलले बताए।

निवेदन आएकाहरूको बारेमा छानबिन भएपछि प्रक्रिया पुर्‍याएर घरमै पुगेर नगरिकताको प्रमाणपत्र वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए।

ad
ad