१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकको मोबाइल एपबाट हेटौँडा खानेपानीको शुल्क तिर्न मिल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:४१:oo

एनएमबि बैंकको मोबाइल बैंकिङ एपबाट हेटौँडा खानेपानीको महसुल तिर्न सकिने भएको छ । बैंकले शुल्क तिर्ने व्यवस्था मिलाउनका लागि हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको हो । 

हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको उपस्थितिमा बैंकका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले सम्झौतामा हस्ताक्षर गरेको उल्लेख छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्नेक्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको दाबी गरेको छ । 

हाल बैंकले देशभरमा दुई सय एक शाखा, एक सय ६७ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

ad
ad