१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मध्यमर्स्याङ्दीको उत्पादन घट्यो, ४० मेगावाट मात्रै विद्युत् उत्पादन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:१३:oo

लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट क्षमताभन्दा करिब आधा मात्रै विद्युत् उत्पादन हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहावमा कमी आएपछि उत्पादनमा कमी भएको हो ।

बर्खाको समय टर्बाइन खुला छाड्दा ७३ मेगावाटसम्म उत्पादन हुने जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ४० मेगावाट मात्रै उत्पादन हुने गरेको आयोजनाका केन्द्र प्रमुख पवन बस्नेतले बताए । उनका अनुसार पानीको बहाव कम हुँदा अहिले आयोजनाबाट औसत दैनिक ४०–४२ मेगावाट विद्युत् मात्र उत्पादन भएको हो । पानी पर्ने र हिउँ पग्लिने समयदेखि विद्युत् उत्पादन बढ्ने केन्द्रले जनाएको छ । उक्त परियोजनामा ३५–३५ मेगावाटका दुईवटा टर्बाइन रहेका छन् ।

हिउँ नपग्लिएका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव कम भएको छ । यससँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ । हालसम्म कुल ७० मेगावाट आयोजनाबाट ३० मेगावाट बिजुली उत्पादनमा कमी आएको आयोजनाका प्रमुख बस्नेतले बताए । उनका अनुसार मंसिर पहिलो साताबाट आयोजनाको उत्पादनमा कमी आएको हो । जिल्लाका अन्य जलविद्युत् आयोजनामा समेत पानीको बहाव कम हुँदा विद्युत् उत्पादन घट्न थालेको छ ।
 

ad
ad