१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निस्दीमा आगलागीमा परी एक शिशुको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:o२:oo

 

पाल्पाको निस्दी गाउँपालिका– ३ झिरुबासको क्याङरुङमा आगलागीमा परी एक शिशुको मृत्यु भएको छ।

शनिबार दिउँसो श्यामबहादुर पल्लीको घरमा लागेको आगोमा परेर ९ महिनाकी दिप्सना पल्लीको मृत्यु भएको हो।

परिवारका सदस्यहरू साना केटाकेटीलाई मात्रै घरमा छाडेर काममा गएको वेला करिब सवा १२ बजेतिर घरमा आगो लागेको स्थानीय यामप्रसाद झेडीले बताए। खरले छाएको घरमा लागेको आगोमा परी झोलुंगोमा रहेकी शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले बताए।

आगलागीबाट पल्लीको घर र गोठ पूर्ण रूपमा क्षति भएको छ। गोठमा रहेको एउटा भैँसी र एउटा पाडो जलेर घाइते भएको र एउटा बाख्रा मरेको छ।

घरमा रहेको अन्न, लत्ताकपडा, भाँडाकुँडासहित सबै धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका छन्। आगलागीको कारण र क्षतिको विवरणमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad