मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ३ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष ३ मंगलबार १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पशुपतिमा उपमन्येश्वर महादेवको मूर्तिको प्राणप्रतिष्ठा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष ३ मंगलबार १८:४o:oo

पशुपति भण्डारखाल क्षेत्रमा उपमन्येश्वर महादेवको मूर्ति स्थापना र प्राणप्रतिष्ठा गरिएको छ।

काठमाडौं महानगरपालिका– ७ पनेकुमा मंगलबार विधिपूर्वक महादेवको मूर्ति स्थापना र प्राणप्रतिष्ठा गरिएको हो।

स्थानीय तथा मन्दिर निर्माणमा सक्रिय अभियन्ता माधव पाण्डेका अनुसार स्थापना गरिएको मूर्ति वनारसबाट तयार गरेर ल्याइएको हो। साथै, मन्दिरपरिसर क्षेत्रमा उपमन्यु गोत्रीय पाण्डे वंशको कुलदेवतासमेत स्थापना गरिएको छ।

मूर्ति स्थापना भएसँगै अब मन्दिरको बाहिरी भाग निर्माणको काम थालिने पाण्डेले जानकारी दिए।