१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विमानस्थलबाट बाहिरिएको भन्सार छलीका मोबाइल डिस्प्ले बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:५४:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको बिलबिजक तथा प्रज्ञापनपत्र नभएका विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्रले सोमबार साँझ सुपर काइनेटिक एसकेसी कुरियरले यती एयरको उडानद्वारा नेपालगन्जबाट काठमाडौं पठाएको १२ वटा कार्टुनमा रहेको १४ सय थान विभिन्न मोबाइलका डिस्प्ले बरामद गरेको हो। 

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको टोलीको विशेष सूचनाको आधारमा बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उक्त सामान जय माँ दुर्गा इम्पेक्स काठमाडौंको नाममा ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको थियो।

बरामद सामान आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा बुझाइएको छ। ती सामान बाँकेको नाकाबाट तस्करी गरी ल्याइएको आकलन गरिएको छ।

ad
ad