१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सञ्चारकर्मीलाई पत्रकार महासंघ हुम्लाद्वारा आर्थिक सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १८:२८:oo

नेपाल पत्रकार महासंघ हुम्लाले सञ्चारकर्मीसहित विभिन्न व्यक्ति तथा संघसंस्थालाई आर्थिक सहयोग गर्ने भएको छ।

शनिबार बसेको महासंघकाे बैठकले दुर्घटनामा परेका सञ्चारकर्मी तथा उल्लेखनीय काम गरेका संस्थाहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।

नयाँ पत्रिकाकर्मी नरजन तामाङ, सञ्चारकर्मी कालीबहादुर थापा र आगलागीपीडित सिमकोट–५ का वसन्त रोकायालाई १५ हजार रुपैयाँ तथा रानीवन युवा क्लब र हुम्ला फुटबल एकेडेमीलाई १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले जानकारी दिए।

नयाँ पत्रिकाकर्मी तामाङ हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको हुम्ला गोल्डकप प्रतियोगितामा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेर घाइते भएका थिए।

ad
ad