१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुनका गहनासहित भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२४:oo

बाँके प्रहरीले ७० ग्राम सुनसहित बुधबार एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उक्त सुनको बजार मूल्य ६ लाख ७८ हजार एक सय ५८ रुपैयाँ रहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका-१० साझा चोकस्थित चारबाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको अवस्थामा भारत बाबागन्जका ४० वर्षीय बब्लु भन्ने संजयकुमार सोनीलाई सुनका गहनासहित पक्राउ गरिएको उनले बताए। 

प्रहरीले उनको साथबाट युपी ४० एयू ४१९९ नं. को मोटरसाइकल पनि बरामद गरेको छ। डिएसपी डाँगीका अनुसार, सोनीको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको दुई थान मिनी हार, एक थान मसिनो सिक्री, १० थान ठूलो नथिया, एक थान लकेट, कानमा लगाउने झाला चारवटा र एक थान औँठी बरामद भएको छ। 

‘बरामद गरिएका गरगहना सुनचाँदी व्यवसायी संघ बाँकेले पहेँलो धातु सुन रहेको प्रमाणित गरेको छ,’ उनले भने। 

प्रहरीले सामसुङ कम्पनीको मोबाइल, कानमा लगाउने ग्यारेन्टी वाला ५४ जोर टप, कानमा लगाउने ग्यारेन्टी वाला ३१ जोर बेरुवा बाली र रातो पोतेमा पाइप लगाएको एक थान गहना पनि बरामद गरेको छ। 
 

ad
ad