१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Saturday, 28 September, 2024
२o८o मङ्सिर २३ शनिबार १२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्प प्रभावित क्षेत्रमा रुपन्देहीका पालिकाहरूबाट ८० लाखभन्दा बढी सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार १२:१२:oo

रुपन्देहीमा रहेका १० पालिकाले भूकम्प प्रभावितहरूका लागि ८० लाखभन्दा बढीको आर्थिक सहयोग गरेका छन्।

रुपन्देहीमा रहेका १६ पालिकाहरूमध्ये १० पालिकाले ८० लाख २२ हजार ६६५ रुपैयाँबराबरको विभिन्न सामानहरू सहयोग गरेका जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरूको सहयोगका लागि जिल्ला प्रशासन कार्यालयले एकद्वार प्रणालीबाट राहत सामग्री संकलन र हस्तान्तरण गर्ने नीति लिएको थियो।

सोहीअनुसार जिल्लामा रहेका १६ मध्ये १० पालिकाले सहयोग गरेका सामानसहितको मूल्य सार्वजनिक गरेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले १५ लाखबराबरको सामान सहयोग गरेको छ।

त्यसैगरी, तिलोत्तमा नगरपालिकाले रु १५ लाख, सिद्धार्थनगर नगरपालिकाले ८ लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले १२ लाख, सैनामैना नगरपालिकाले १३ लाख रुपैयाँबराबरको आर्थिक सहयोग गरेका छन्।

कोटहीमाई गाउँपालिकाले तीन लाख, मायादेवी गाउँपालिकाले तीन लाख, ओम सतिया गाउँपालिकाले दुई लाख, शुद्धोधन गाउँपालिकाले पाँच लाख र सियारी गाउँपालिकाले चार लाख २२ हजार ६६५ रुपैयाँको सहयोग गरेका जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।