![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/संसदीय-सुनुवाइ2023-12-08-03-58-34.jpeg)
परराष्ट्रमन्त्री एनपी साउदले स्पेनमा रहेको नेपाली राजदूतावासबाट पोर्चुगलमा काम गर्न सक्ने अवस्था नरहेकाले छुट्टै राजदूतावास स्थापना गरिएको बताएका छन्।
शुक्रबार संसदीय सुनुवाइ समितिमा जवाफ दिँदै परराष्ट्रमन्त्री साउदले सहज रूपमा राहदानी तथा कन्सुलर सेवा प्रदान गर्नका लागि पोर्चुगलमा राजदूतावास स्थापना गरिएको बताएका हुन्।
‘पोर्चुगल हेर्ने जिम्मेवारी तोकिएको नेपाली राजदूतावास पेरिस टाढा रहेको हुँदा पोर्चुगलमा बसोवास गर्ने नेपाली राहदानी तथा कन्सुलरसम्बन्धी सेवाका लागि पेरिस आउजाउ गर्न व्यावहारिक कठिनाइ हुने भएकाले राजदूतावास स्थापना गर्न आवश्यक भएको हो,’ सुनुवाइ समितिमा साउदले भने।
पोर्चुगलमा राजदूतावास स्थापनापछि नेपाली नागरिकको हकहित संरक्षण हुनुका साथै नेपाल भित्रिने विप्रेषणमा समेत वृद्धि भई पर्यटन र व्यापार प्रवर्द्धनमा योगदान पुग्ने उनको जिकिर छ।
हालसालै नेपालको भ्रमण गरेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोर्चुगलका पूर्वप्रधानमन्त्रीसमेत रहेकाले जलवायु परिवर्तनले नेपालमा निम्त्याएको संकट न्यूनीकरणका लागि समेत पोर्चुगलमा दूतावास स्थापना गर्नु सान्दर्भिक रहेको परराष्ट्रमन्त्री साउदको तर्क छ।
यस्तो छ मन्त्री साउदको लिखित जवाफ :