Skip This
प्रेरक प्रसंग : दृढ निश्चयको शक्ति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २१ बिहीबार o६:१३:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : दृढ निश्चयको शक्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार o६:१३:oo

ग्लेन कनिंघम र फ्लोयड दाजुभाइ थिए । कुरा सन् १९७१ को हो । सो समय ग्लेन सात र फ्लोयड १३ वर्षका थिए । उनीहरू अमेरिकाको एट्लान्टास्थित क्यान्सनको रोलर सन फ्लावर कन्ट्री स्कुलमा बस्थे । त्यहाँ उनीहरूले जाडोको समयमा विद्यार्थी आउनुअघि कोइला बालेर कक्षालाई तातो बनाउने काम पाएका थिए ।

उनीहरू मट्टीतेलले पहिले दाउरा सल्काउँथे र त्यसबाट कोइला बाल्थे । एकदिन भूलवश उनीहरूले मट्टीतेलको डब्बामा पेट्रोल भर्न पुगे । जब फ्लोयडले दाउरामा पेट्रोल खन्याएर सलाई कोरे आगोको लप्काले तुरुन्तै उनीहरूलाई पनि टिप्यो । गम्भीर रूपमा जलेका फ्लोयडको उपचारका क्रममा मृत्यु भयो । ग्लेन भने बाँचे ।

तर, नराम्रोसँग जलेका कारण डाक्टरले ग्लेनको खुट्टा काट्नुपर्ने कुरा उसकी आमालाई बताए । आमा ग्लेनको खुट्टा काट्न राजी भइनन् । उनले ग्लेनलाई घर ल्याएर आफैँले मलमपट्टी लगाउन थालिन् । केही समयपछि खुट्टाको मालिस सुरु गरिन् । यो काम उनले दुई वर्ष गरिन् । 

दुई वर्षपछि ग्लेन बिस्तारै हिँड्न सक्ने भए । एकदिन उनी खुट्टा घिसार्दै स्कुलसम्म पुगे । स्कुल जाने–आउने गर्न थालेपछि उनको चाल दौडमा बदलिन लाग्यो । दौडमा तीव्रता आउन थालेपछि उनी स्कुलका श्रेष्ठ धावक बने ।

पछि सहरको उत्कृष्ट धावक हुँदै ओलम्पिकमा कास्यपदक विजेता नै बने । शारीरिक शिक्षामा पिएचडी गरेर उनी शिक्षक बने । स्कुल खोलेर निराश बालबालिकामा उत्साह भर्न लागे । उनको दृढता, लगन र आत्मबललाई देखेर क्यान्ससमा ग्लेन कनिंघमलाई लौहपुरुष भनिन थाल्यो ।