मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २० बुधबार
  • Wednesday, 12 February, 2025
२o८o मङ्सिर २० बुधबार २o:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कबाडी पसलमा आगलागी हुँदा दुईको मृत्यु, चार घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २० बुधबार २o:४३:oo

मोरङको विराटनगरमा आज भएको आगलागीमा परेर दुईजनाले ज्यान गुमाएका छन्। चारजना घाइते भएका छन् । 

विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको एक कबाडी पसलमा आगलागी हुँदा दुईजनाको ज्यान गएको हो। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–६ का दीपक मण्डल र पहिचान खुल्न नसकेकी एक महिला रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। शरीर पूरै जलेकाले महिलाको पहिचान खुल्न नसकेको उनले बताए। 

घाइते हुनेमा विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान, ६० वर्षीया रीता सरदार र ५८ वर्षीय किशोर पासवान तथा मोरङ कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत घाइते भएको डिएसपी दाहालले जानकारी दिए। 

घाइतेमध्ये सुशीला र रीताको अवस्था गम्भीर छ। उनीहरूको जिउ, हात, खुट्टा जलेको छ। घाइतेहरूलाई थप उपचारका लागि चिकित्सकको सल्लाहअनुसार एयर एम्बुलेन्समार्फत काठमाडौंको कीर्तिपुरस्थित बर्न सेन्टर पठाइएको डिएसपी दाहालले बताए। 

आगलागीबाट कति क्षति भयो भन्ने विवरण संकलन भइसकेको छैन। आगलागीमा मृत्यु भएका दीपक मण्डल कबाडी सञ्चालक हुन्। आगलागीको स्पष्ट कारण खुलिसकेको छैन। तर, चुरोट खाइरहँदा आगो सल्किएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

‘के कारणले आगो लागेको हो भन्ने यकिन विवरण छैन। तर, घाइतेसँग बुझ्दा कबाडीमा पर्फ्युमको बट्टा चलाइरहेको समयमा कसैले चुरोट खाँदा आगो लागेको जानकारी आएको छ,’ उनले भने, ‘पर्फ्युम निकै प्रज्वलनशील हुनेरहेछ।’