Skip This
एनसेलको सेयर बिक्रीमा नेता, कर्मचारी र व्यापारीको मिलेमतो : शेखर कोइराला
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १९ मंगलबार १७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एनसेलको सेयर बिक्रीमा नेता, कर्मचारी र व्यापारीको मिलेमतो : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार १७:५५:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतोमा एनसेलको सेयर बिक्री भएको आरोप लगाएका छन्।

नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता कोइरालाले भने, ‘आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदै छ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ। यसमा राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई सम्भव हुँदैन। त्यसकारण हामीले नेताहरूलाई प्रश्न गरेका छौँ कि एनसेल बिक्री प्रकरण किन भयो?’ 

यस घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको भन्दै उनले नेपाललाई विकसित मुलुक बनाउन भ्रष्टाचारलाई निर्मूल गर्नुको विकल्प नभएको प्रस्ट पारे। ‘अहिले जताततै मानिसहरूमा असन्तुष्टि छ। यसको कारण के हो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ। भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो,’ उनले भने।

करिब ७५ प्रतिशत जनता कृषिमा आधारित भए पनि उत्पादनलाई बढाएर कृषिमा आधारित उद्योगहरूलाई बढाएर जान सके मात्रै रोजगारीका अवसरहरू देशभित्रै पाउन सकिने नेता कोइरालाको भनाइ छ।