१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चार महिनामा रसुवागढी नाकाबाट आठजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:४१:oo

चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठजनालाई नेपाल प्रहरीले  नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ रुपैयाँबराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी  कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले  जानकारी दिए । 
        
चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारीसाधनमार्फत काठमाडौंतर्फ लाने क्रममा  प्रहरीले बरामद गरेको उनले बताए । 
        
रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि रु. एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो  ।
     
यस्तै, जिल्ला प्रहरी कार्यालयले चालू आवको हालसम्म विभिन्न घटनाका १४ थान मुद्दा जिल्ला सरकारी वकिलमार्फत अदालतसामु पेस गरेको छ । यसरी पेस भएका मुद्दामा लागुऔषध, कर्तव्य ज्यान, चोरीलगायत विविध  छन् ।

ad
ad