Skip This
आजको मौसम : वर्षा र हिमपातको सम्भावना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८o मङ्सिर १४ बिहीबार o९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o९:२९:oo

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्रआसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यही कारण देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बाँकी भू–भागका आंशिक बदली रहनेछ ।

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।  

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा बिहानैदेखि आंशिक बदली छ ।