१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २४ सोमबार १३:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

‘पूर्वी स्टार’ गायन प्रतियोगिता १ पुसदेखि

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:३५:oo

नेपालमा सञ्चालन भइरहेका ठूला–ठूला गायन प्रतियोगिताको पहुँचमा नपुगेका प्रतिभाहरूको खोजी गर्दै ‘पूर्वी स्टार गायन प्रतियोगिता’ घोषणा गरिएको छ।

तेह्रथुमको हाङ अनलाइन म्युजिक प्रालिले ओझेलमा परेका प्रतिभाका लागि अवसर दिने लक्ष्यका साथ ‘पूर्वी स्टार गायन प्रतियोगिता’ सञ्चालन गर्न लागेको हो। तेह्रथुमबाट खाँदबारी आइपुगेका आयोजक संस्थाका प्रतिनिधिले मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएका हुन्।

पूर्वी स्टारको अडिसन आगामी पुस १ गतेबाट सुरु हुने र अनलाइन आवेदन मंसिर २५ गतेसम्म लिइने आयोजकले जनाएको छ। सहभागिताा लागि ९८४२४२६२०६ वा ९८६९७५५२५५ नम्बरमा ह्वाट्स एपमार्फत आवेदन दिन सकिनेछ। आवेदन शुल्क एक हजार रुपैयाँ लाग्ने र सो रकम आयोजकको क्युआरमा जम्मा गरी रकम भुक्तानी गरेको स्क्रिनसर्ट पठाउनुपर्ने बताइएको छ।

पहिलो चरणको अडिसन अनलाइनमार्फत हुनेछ। अडिसनका लागि ह्वाट्स एपमा गीत गाएर भिडियो पठाउनुपर्ने आयोजकले जनाएको छ। त्यसैगरी भारतबाट ९१७६७९६२२९८५ मा ह्वाट्स एप गर्न सकिनेछ। पहिलो अडिसनबाट छनोट भएकाहरूले दोस्रो चरणका लागि ट्र्याकमा गीत गाएर भिडियो अनलाइनमार्फत नै पठाउनुपर्ने र त्यसमार्फत पनि छनोटमा पर्ने सहभागीले सुनसरीको धरानमा गई प्रत्यक्ष सहभागी हुन पाउने आयोजक समितिका कार्यक्रम निर्देशक टिआर लिम्बूले बताए।

पूर्वी स्टारको विजेताले नगद रु. चार लाखसहित सुनको सिक्री एक थान, ट्रफी, एउटा गीत रेकर्ड गर्ने अवसर र प्रमाणपत्र पाउने आयोजकले बताएको छ। द्वितीय हुनेले नगद १ लाख ५० हजार, ट्रफी, एउटा गीत रेकर्डको अवसर र प्रमाणपत्र तथा तृतीयले नगद ५० हजार, ट्रफी, एउटा गीत रेकर्डको अवसर र प्रमाणपत्र पाउनेछन्। तेस्रो चरण (लाइभ राउन्ड) देखि प्रत्येक राउन्डका उत्कृष्टले एक–एक थान गिटार प्राप्त गर्नेछन्।

यस प्रतियोगिताको निर्णायकमण्डलमा चर्चित गायिका सुनिता थेगिम, गायक तथा संगीतकार खगेन्द्र यक्सो र गायक कुसल थलङ रहेका छन्। पूर्वी स्टारमा संसारभरका नेपालीले सहभागिता जनाउन पाउनेछन्।

ad
ad