१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मिर्गौलापीडित पुतलीदेवीको पीडा : गरिबीले अस्पताल र आफन्त टाढा पुर्‍यायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:३३:oo

दुवै मिर्गौलाले काम गर्न छाडेपछि रेसुंगा नगपालिका– ८ की ५८ वर्षीया पुतलीदेवि थापा गल्दै गएकी छिन् । निरोगी हुँदा दुई घन्टाको बाटो हिँडेर घाँसपात गरेकी थापालाई अचेल बिस्तरा छोडेर जमिन टेक्न मुस्किल परिरहेको छ । 

‘रोगले भोक हरायो, पीडा थपियो,’ पुतलीमायाले भनिन्, ‘गरिबीले अस्पताल र आफन्त टाढा बनाउँदोरहेछ ।’ श्रीमान् भीमबहादुर थापाले केही वर्ष पहिले ज्यान गुमाए । पुतलीदेवीलाई पनि मुटुको समस्याले छोयो । बुटवल पुगेर औषधि–उपचार र फलोअप गर्थिन् । त्यत्तिकैमा दुवै मिर्गौला फेल भए । तर, आर्थिक अभावका कारण डेढ वर्षसम्म उनले उपचारका लागि आँगन छोड्न सकिनन् । 

छोरा भुवन थापाले आमाको मिर्गौला फेल भएकोबारे लामो समयसम्म आफूलाई जानकारी नगराएका कारण समस्या धेरै बल्झिएको बताए । ज्याला–मजदुरी गरेर जीविका चलाउने भुवनको अहिले काम छैन । उनका अनुसार लाखौँ रुपैयाँ जुटाएर उपचार गराउन नसक्ने अवस्था छ । ‘मैले र बहिनीले केही पैसा जोहो गरेर मुटुको उपचार गरिरहेका वेला मिर्गौलाको समस्या थपियो,’ उनले भने, ‘अस्पतालले डायलाइसिस गर्न भने पनि लैजान सकिएन ।’ सम्पत्तिको नाममा थापामगरको सानो टुक्रा जग्गा र त्यसैमा ओत लाग्ने एउटा सानो घर छ ।

देउसीभैलोबाट उठेको रकम सहयोग
गुल्मीको हाम्रो रेसुंगा समाजले देउसी र भैलो खेलेर संकलन गरेको रकम मिर्गौलापीडित पुतलीदेवीको उपचारका लागि सहयोग गरेको छ । ५ मंसिरमा खानीगाउँमा खेलेको देउसीभैलोबाट संकलन भएको २० हजार रुपैयाँ छोरा भुवन थापालाई प्रदान गरिएको समाजका अध्यक्ष सरिश्मा नेपालीले जानकारी दिइन् ।

दुःखी–गरिबका स्वास्थ्य समस्यामा सहजीकरण गर्ने उद्देश्यले ०७९ सालमा स्थापना भएको सामाजिक संस्था समाजले विभिन्न सामाजिक काम गर्दै आएको छ । सहयोग रकम रेसुंगा नगरपालिका– ८ का वडाध्यक्ष निरञ्जन थापामार्फत पीडित परिवारलाई बुझाइएको हो । 

ad
ad