Skip This
भारतीय सहयोगमा रुपन्देही र कपिलवस्तुमा विद्यालय भवन निर्माण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ११ सोमबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ११ सोमबार १९:३७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सहयोगमा रुपन्देही र कपिलवस्तुमा विद्यालय भवन निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ११ सोमबार १९:३७:oo

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको सहयोगमा रुपन्देही र कपिलवस्तुमा विद्यालय भवन निर्माण भएका छन्। 

उपराष्ट्रपति रामसहायप्रसाद यादवले रुपन्देहीमा एक करोड २५ लाख रुपैयाँ सहयोगमा निर्माण भएको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित श्री पोखरभिन्डी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन गरे।  

कार्यक्रममा भारतीय कार्यबाहक राजदूत प्रसन्न श्रीवास्तव, स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरू सहभागी थिए। 

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो। जिल्ला समन्वय समिति, रुपन्देहीमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो। 

कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालका शैक्षिक तथा अन्य विविध क्षेत्रमा पूर्वाधार विकासका लागि भारत सरकारले गरेको सहयोगको प्रशंसा गरे। दुई देशबीचको विकास साझेदारीले दुई देशका जनताबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन योगदान दिएको उनको भनाइ थियो। 

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यीमध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन्। 

भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ, जसमध्ये लुम्बिनी प्रदेशलाई १६० वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ। 

यसैगरी, भारत सरकारको तीन करोड ३२ लाख रुपैयाँ आर्थिक सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकास्थित श्री गौतम बुद्ध माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय तथा प्रयोगशाला भवन पनि उद्घाटन भएको छ। 

भारतीय राजदूतावास, काठमाडौंका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति, कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले भवन उद्घाटन गरे। 

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरू उपस्थित थिए। 

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुईतले विद्यालय भवन, तीनतले प्रयोगशाला भवनको निर्माण र फर्निचर एवं प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको भारतीय दूतावासले जनाएको छ।