Skip This
योगेश भट्टराईलाई गृहजिल्लामा कालो झन्डा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Wednesday, 12 August, 2026
२o८o मङ्सिर १० आइतबार १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

योगेश भट्टराईलाई गृहजिल्लामा कालो झन्डा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार १४:१५:oo

ताप्लेजुङमा पहिचानवादी समूहका नेता–कार्यकर्ताले नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको निवासअगाडि कालो झन्डा देखाएका छन्। 

नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका सचिव भट्टराईलाई उनकै निवासअगाडि  कालो झन्डा देखाउँदै नाराबाजीसमेत गरेका छन्।

प्रदर्शनको क्रममा राष्ट्रिय युवा संघका कार्यकर्ता र पहिचानवादी समूहका नेता–कार्यकर्ताबीच ठेलमठेलसमेत भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिबीच दुई पक्षबीच भिडन्त हुनबाट भने रोकिएको थियो।

सचिव भट्टराईसहित एमालेकै सांसद उर्मिला थेबे र प्रदेश सांसद तिलकुमार मेन्याङ्बाेले आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेका छन्।

सांसदहरूलगायतका कार्यकर्ता चियापान कार्यक्रमस्थल पुगिसकेको एमाले कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए।

पहिचान पक्षधरले एमाले कार्यालयअगाडि पनि प्रदर्शन गरिरहेका छन् । उनीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका छन्।