१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अनेरास्ववियुको बागमती अध्यक्षमा बुढाथोकी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४८:oo

बुढाथोकीको नेतृत्वमा नाै पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कमिटी गठन

एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को बागमती प्रदेश कमिटी अध्यक्षमा लालबहादुर (एलबी) बुढाथोकी चयन भएका छन् । 

शनिबार हेटौँडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । हालका अध्यक्ष एवं अर्का अध्यक्षका दाबेदार शालिकराम पुडासैनीले अन्ततः बुढाथोकीलाई सघाउने निर्णय गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । 

अधिवेशनले बुढाथोकीको नेतृत्वमा नाै पदाधिकारीसहित ५१ सदस्यीय नयाँ कमिटी गठन  गरेको छ । कमिटीको उपाध्यक्षहरूमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी रहेका छन् । 

यस्तै, सचिवमा प्रकाश कालाखेती, सहसचिवमा प्रशान्तजंग पाण्डे, पवन तामाङ र जिपछिरिङ शेर्पा चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएको निर्वाचन समितिले जनाएको छ ।

ad
ad