मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर १० आइतबार o७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

२५ हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार o७:४९:oo

भृकुटीमण्डपमा जारी ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–०२३’ २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भएको प्रदर्शनीको उपभोक्ताले नेपालका नवप्रकाशन, विदेशी चर्चित तथा धार्मिक पुस्तक रुचिका साथ खरिद गरेका छन् । 

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवं प्रदर्शनी आयोजक समितिका संयोजक राजेन्द्र तिवारीले इतिहासमै पहिलोपटक व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको पुस्तक प्रदर्शनी आयोजना गरिएको प्रतिक्रिया दिए ।

नेपालसहित विश्वका १५ देशका प्रकाशक, उत्पादक र व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा हरेक दिन पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको उनले जानकारी दिए ।