Skip This
व्यवस्थाको विकल्प होइन, नेताको विकल्प खोज्नुपर्छ : रवि लामिछाने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ९ शनिबार o९:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यवस्थाको विकल्प होइन, नेताको विकल्प खोज्नुपर्छ : रवि लामिछाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार o९:३५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले व्यवस्थाको विकल्प होइन नेताको विकल्प खोज्नुपर्ने बताएका छन् । उनले दुर्गा प्रसाईंको  आन्दोलन आम जनताको सरकारप्रतिको निरासा भएको बताए ।

शनिबार रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताए । सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारण आम नागरिकमा निरासा छाएकाे उल्लेख गरे ।

मधेश केन्द्रित संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक संचालक ,बिमा संचालक र उद्योग संचालक भएका कारणसमेत देशको अर्थतन्त्र धरापमा पारेको बताए ।