१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ९ शनिबार o७:१८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सेनाको रथीमा बढुवाका लागि सिग्देल सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार o७:१८:oo

नेपाली सेनामा रिक्त रथी पदका लागि वरिष्ठतम उपरथी अशोक सिग्देलको सिफारिस भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा अध्यक्ष र बलाध्यक्ष रथी सीताराम खड्का सदस्य रहेको बढुवा समितिले सिग्देललाई बढुवाका लागि शुक्रबार सिफारिस गरेको हो ।

सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले उपरथी सिग्देललाई रथी बढुवामा सिफारिसको सातदिने सूचना प्रकाशित भएको जानकारी दिएका छन् । असोजमा तत्कालीन उपरथी ताराध्वज पाण्डेलाई बढुवाका लागि यही समितिले सिफारिस गरेको थियो ।