१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Sunday, 29 September, 2024
२o८o मङ्सिर ७ बिहीबार ११:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अपर बलेफी जलविद्युतकाे विद्युत् खरिद सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार ११:४३:oo

सिन्धुपाल्चोकको बलेफी नदीमा प्रस्तावित जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता भएको छ । गोल्याण ग्रुपको ऊर्जा विभागअन्तर्गत सञ्चालनमा रहेको ४९ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् परियोजनाको विद्युत् नेपाल विद्युत् प्राधिकरणसँग खरिद सम्झौता भएको हो । 

सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र हाइड्रोपावरका अध्यक्ष उमेश कसजूले हस्ताक्षर गरेको जनाइएको छ । हस्ताक्षर कार्यक्रममा गोल्याण ग्रुपको ऊर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा गोल्याण ग्रुपका प्रमुख वित्तीय अधिकृत सञ्जयकुमार साहको उपस्थिति रहेको उल्लेख छ ।